Mangal Arati Saving & Credit Co-operative ltd.
'working together growing together'

deposit

अनिवार्य बचत खाता

  • सदस्यको अनुशासन र संस्थाप्रतिको प्रतिवद्धता स्वरुप अनिवार्य सञ्चालन हुनुपर्ने नियमित बचत।
  • कम्तीमा १० वर्ष या सदस्यता कायम रहुन्जेल निरन्तर बचत गर्नुपर्ने।
  • मासिक न्यूनतम रु. ५००।– वा सो भन्दा माथि आपैmले कबुलेको दरमा नघटाईकन नियमित बचत गर्नुपर्ने।
  • दैनिक मौज्दातमा ११% का दरले ब्याज गणना हुने।
  • खाता खोल्ने बित्तिकै बहुउपयोगी मंगल आरती सहुलियत कार्ड पाइने।

आवधिक बचत खाता

  • निश्चित अवधिसम्म दैनिक, साप्ताहिक या मासिक रुपमा जम्मा गर्न सकिने।
  • थोरैमा ६ महिना र बढीमा ३ वर्षसम्म आफ्नो ईच्छानुसारको समयावधिको लागि बचत गर्न उपयुक्त।
  • बचत सुचारु भएको १०० दिन पछि कर्जाको लागि आवेदन गर्न सकिने।

दैनिक

  • दैनिक रुपमा थोरैमा रु. ५०।– र बढीमा गच्छे अनुसार जम्मा गर्न सकिने।
  • थोरैमा ६ महिना र बढीमा इच्छानुसारका अवधिको लागि १ वर्षे, २ वर्षे या ३ वर्षे गर्न सकिने।

साप्ताहिक

  • साप्ताहिक रुपमा रु. ५००।– र अधिकतम्सदस्यकै कबोल अनुसार कम्तीमा १ वर्ष र बढीमा सदस्यका ईच्छानुसारको अवधिसम्म बचत र नवीकरण गर्न मिल्ने।

मासिक

  • मासिक कम्तीमा रु. १,०००।– र बढीमा सदस्यकै इच्छा बमोजिम कबोलेको दरमा नघटाईकन बचत गर्न सकिने।
  • थोरैमा १ वर्ष र बढीमा ईच्छानुसार नवीकरण गरेसम्म निरन्तर गर्न हुने ।
  • दैनिक न्यूनतम्मौज्दातमा यस प्रकार ब्याज प्रदान गरिनेछ ।
  • क्र.सं.बचत६ महिनेसाप्ताहिक१ वर्षे२ वर्षे३ वर्षे
    क)दैनिक बचत१०%-११%१२%१३%
    ख)साप्ताहिक बचत-१०.५%१०.५%११.५%१२.५%
    ग)मासिक बचत--१०%११%१२%















आवधिक मुद्दती बचत खाता

  • न्यूनतम रु. २५,०००।– वा सो भन्दा माथि आफ्नो इच्छानुसार एकमुष्ठ रकम जम्मा गरी मुद्दती खाता सञ्चालन गर्न सकिनेछ।
  • कम्तीमा ६ महिना देखि ३ वर्ष सम्मको मुद्दती निक्षेपमा तपशिल बमोजिम अधिकतम्ब्याज प्रदान गरिनेछ।
  • मुद्धती अवधिब्याज भुक्तानी
    त्रैमासिकवार्षिकएकमुष्ठ
    १ वर्षे१२%१३%१३%
    २ वर्षे१२.५%१३.५१४%
    ३ वर्षे१३%१४%१४.५%

साधारण बचत खाता

  • न्यूनतम मौज्दात रु. १,०००।– भएपछि चेकबुक प्राप्त गर्न सकिने ।
  • दैनिक न्यूनतम मौज्दातमा ६.५% का दरले ब्याज प्रदान गरिने ।

बिशेष बचत खाता

  • यो खाता पनि रु. १००।– बचत गरि शुरुवात गर्न सकिनेछ।
  • रु. ३,०००।– पुगेपछि चेकबुक प्राप्त गर्न सकिने।
  • न्यूनतम मौज्दात रु. ३,०००।–
  • बचत रकमको दैनिक मौज्दातमा ७% देखि माथि बचतको लचकता अनुसार ११% सम्म ब्याज पाईने।
  • ३/३ महिनामा ब्याज भुक्तानी हुने।
  • ब्याजदर
    दैनिक न्यूनतममौज्दात ब्याजदर
    रु. ३,०००।– देखि ७,००,०००।– सम्म७%
    रु. ७,००,००१।– देखि २०,००,०००।– सम्म८%
    रु. २०,००,००१।– देखि ३५,००,०००।– सम्म८.५%
    रु. ३५,००,००१।– देखि ५०,००,०००।– सम्म९%
    रु. ५०,००,००१।– देखि ७०,००,०००।– सम्म९.५%
    रु. ७०,००,००१।– देखि १,००,००,०००।– सम्म१०%
    रु. १,००,००,००१।– देखि माथि११%

बाल कल्याण बचत खाता

  • बाल बालिकाको उज्ज्वल भविष्य र शैक्षिक कार्यक्रम सफल बनाउन सहयोगी बचत योजना।
  • मंगल आरतीको कार्यक्षेत्र भित्र बसोबास भएका सदस्यको संरक्षकत्वमा १५ वर्ष मूनिका बालबालिकाहरुको नाउँमा यो बालकल्याण बचत खाता संचालन गर्न सकिनेछ।
  • नियमानुसार फारम भरी पहिलो पटक कम्तीमा रु ७००/– बचत जम्मा गरेपछि बचत पासबुक उपलब्ध गराईने । रु.१०००।– जम्मा भएपछि दैनिक मोैज्दातमा ११% का दरले ब्याज गणना गरि ३/३ महिनामा जम्मा गरिदिने।
  • बचत रकम दैनिक किस्तामा वा मासिक रुपमा जम्मा गर्न सकिने । कम्तीमा १२ महिनासम्म नियमित बचत गर्नुपर्ने र पूरा ब्याज सहित १३ ओैं महिनापछि फिर्ता पाईने।
  • दैनिक किस्ताको जम्मा या मासिक रुपमा कम्तीमा रु.३२००/– वा सो भन्दा माथि जम्मा गर्ने सदस्य/बालबचतकर्तालाई जन्मदिनमा भाटभटेनी वा पापाज बेकरीको केक प्रदान गरिने।
  • दैनिक किस्ता वा मासिक कम्तीमा रु.२२००।– वा ३१९९।– सम्म बचत गर्ने सदस्यको जन्मदिनमा पनि बचत प्रोत्साहन स्वरुप स्थानीय उत्पादनको केक प्रदान गरिने।
  • दैनिक वा मासिक रुपमा नियमित बचत गर्ने बचतकर्ताहरु मध्येबाट जेहेन्दार र आर्थिक अवस्था कमजोर रहेका कम्तिमा ५ जना सदस्यलाई वार्षिक छात्रवृत्तिमा सहभागी गराईने।
  • दैनिक मौज्दातमा निम्नानुसार ब्याज दिइनेछ।
  • १ वर्ष२ वर्ष३ वर्ष
    ९%१०%११%

मजदुर/मेहनती बचत खाता

  • विशेषत: दैनिक ज्याला मजदूर, कामदार तथा श्रमिकहरु र श्रमको सम्मान गर्न अघि सारिएको योजना।
  • दैनिक न्यूनतम रु. ५०।– वा मासिक रु. १,०००।– नघटाई जति पनि रकम बचत गर्न सकिने।
  • ३/३ महिनामा रकम झिक्न सकिने।
  • कम्तिमा रु. १,०००।– बचत भएपछि दैनिक न्यूनतम्मौज्दातमा १०% ब्याज दिईने।
  • श्रमिकहरुको बचत प्रोत्साहनको लागि नियमित बचत भएको सातौं महिनामा संस्थाको तर्फबाट थप रु. ५००।– जम्मा गरिदिने।
  • रु. १,००।– शेयर र रु. २००।– जम्मा गरेपछि पासबुक पाईने।
  • रु. २,०००।– बचत भएपछि “मंगल आरती सहुलियत कार्ड” प्राप्त हुने।

रेमिट बचत खाता

  • विदेशको जुनसुकैस्थान वा नेपालभित्रबाट पठाइएको रकम लिन वा बिभिन्न स्थानहरुमा पठाउन सहज हुने।
  • रेमिटान्सबाट आएको रकमकोकेहि अंश बचत गर्दै जान सजिलो हुने।
  • रु. २६००।– जम्मा गरेपछि बचत प्रोत्साहन स्वरुप संस्थाले रु. ४००।– थप बचत गरिदिने।
  • रु. १००।– को शेयर, रु. १००।– प्रवेश शुल्क र शुरु बचत रु. ५,००।– सहित रु. ७००।– जम्मा गरेपछि पासबुक उपलब्ध गराईने।
  • दैनिक मोज्दातमा ११% ब्याज पाईने र न्यूनतम्रु. ३,०००।– जम्मा भएपछि चेकबुक उपलब्ध गराइनेछ।
  • यो बचत खाता कम्तीमा १८ महिनासम्म सञ्चालन गर्नुपर्ने । र बचत रकम जतिखेर पनि राख्न र झिक्न मिल्ने।
  • न्यूनतम्बचत अवधि पुगेपछि खाता निरन्तर गर्न नचाहेमा बन्दी शुल्क रु. १००।– मात्र लाग्ने।

गृहलक्ष्मी बचत खाता

  • संस्थाको कार्यक्षेत्रका बिवाहित महिलाको नाउँमा मात्र सञ्चालन गर्न सकिने । चल्ती प्रकृतिको बचत योजना।
  • न्यूनतम्रु. १००।– को शेयर खरिद गरि रु. १००।– प्रवेश शुल्कसंगै बचतको शुरुवात स्वरुप रु. ५००।– जम्मा गरेपछि पासबुक पाईने।
  • दैनिक न्यूनतम्मौज्दातमा १०.५% ब्याज पाइने । न्यूनतम्रु. ३,०००।– पुगेपछि चेकबुक उपलब्ध हुने।
  • कार्यालय समयमा सहजै बचत गर्न र झिक्न सकिने । न्यूनतम् बचत माथि जति पनि रकम बचत गर्न र झिक्न सकिने।
  • यो खाताबाट बचत कारोबार निरन्तर भएको ६ महिनापछि “मंगल आरती सहुलियत कार्ड” निःशूल्क पाईने।
  • १२ महिना पूरा भएपछि बचत प्रोत्साहन स्वरुप रु. ५००।– संस्थाको तर्फबाट थप जम्मा गरिदिने।
  • नियमित बचतसंगै गृहलक्ष्मी बचत योजनामा सहभागी भएकाहरु मध्ये ३ जना मिलेर कुनै सीपमूलक या आयमूलक घरेलुव्यवसाय गर्न चाहेमा विशेष सहयोग÷सुविधा उपलब्ध गराईने।

ज्येष्ठ नागरिक बचत योजना

  • मंगल आरतीको कार्यक्षेत्र भित्र रहनुभएका ६० वर्ष देखि माथिका सबैजना आदरणीय ज्येष्ठ नागरिक सदस्यहरुको सम्मानमा यो खाता संचालन गरिएको छ।
  • नियमानुसार हकवाला समेत खुलाई स्पष्ट रुपमा फारम भरि शुरुमा रु. ११००।–जम्मा गरेपछि बचत पासबुक र न्यूनतम्रु. ३०००।– पुगेपछि मात्र चेकबुक तथा सहुलियत कार्ड पाईने।
  • दैनिक या भएको बेलामा जति पनि रकम राख्न वा झिक्न सकिने । दैनिक मोैज्दातमा ११% ब्याज गणना गर्नुका साथै ३/३ महिनामा ब्याज जम्मा हुने।
  • ६५ वर्ष देखि माथिका सबै ज्येष्ठ नागरिकहरु र ६० वर्ष देखिका एकल ज्येष्ठ नागरिकहरु सदस्य बनिसकेपछि चेकबुक पाउने बित्तिकै सम्मान स्वरुप थप रु.२००।– संस्थाको तर्फबाट जम्मा गरिदिने।
  • सदस्य भएको ३ महिनापछि संस्थाको ज्येष्ठ नागरिक क्लबमा आबद्ध गराईने र संस्थाले आयोजना गर्ने वार्षिक तिर्थ भ्रमण कार्यक्रममा निःशुल्क वा अत्यन्त न्यून शुल्कमा सहभागी हुन पाईने।
  • रु. ५,००,०००।– बचत गर्नुहुने नयाँ ज्येष्ठ सदस्यलाई पनि विशेष प्रोत्साहन÷सम्मान गरिने।

खुशी नारी बचत खाता

  • बिबाहित नारीले रु.७००।– जम्मा गरि खाता खोल्न सक्ने।
  • खाता खोल्ने बित्तिकै बचतको लागि विशेष प्रोत्साहन प्रदान गरिने।
  • कम्तीमा १ वर्षसम्म दैनिक न्यूनतम्रु. २५०।– नियमित बचत गर्न सकिने।
  • मासिक रुपमा भए अग्रिम रु. ६,०००।– नियमित बचत गर्न सकिने।
  • नारी दिवस या तिजको उपलक्ष्यमा संस्थाको तर्फबाट “विशेष तिज खुशी” प्रदान गरिने।
  • नियमित बचत गरी प्रत्यक्ष थप ३ जना सदस्य सिफारिस गर्ने असल सदस्यलाई थप “विशेष खुशी” प्रदान गरिने छ।
  • बचत योजनामा सहभागी हुने कम्तीमा ७ जनाको समुहले उत्पादनमूलक व्यवसाय गर्न चाहेमा विशेष सहुलियत ऋण प्रदान गर्न सकिने।
  • सदस्यता बृद्धि सहित समुहभित्रै बचत परिचालन गर्ने योजना संस्थाबाट स्विकृत गराएमा विशेष अनुदान÷प्रोत्साहन दिईने।
  • ब्याज आम्दानीको लागी खातामा हुनुपर्ने न्यूनतम्रकम रु. ५,०००।– मात्र।
  • दैनिक न्यूनतम्मौज्दातमा १०% ब्याज प्रदान गरिने।
  • *८ शर्त: बचत फिर्ता १३ औं महिनाको २५ गते, ब्याज सहित पाईने।



खुशी बचत खाता

  • कम्तीमा रु. ७००।– राखी खाता खोल्ने बित्तिकै विशेष प्रोत्साहन प्रदान गरिने।
  • कम्तीमा १ वर्षसम्म दैनिक नियमित रु. १५०।– वा मासिक कम्तीमा रु. ३,५००।– अग्रिम जम्मा गर्न सकिने।
  • दैनिक न्यूनतम्मौज्दातमा ७% ब्याज दिईने।
  • बिविहित÷अबिवाहित महिलाको हकमा तिज र पुरुषको हकमा एक विशेष दिनमा “विशेष खुशी” प्रदान गरिने।
  • खुशी बचत योजनाका सदस्यहरु कम्तीमा ५ जना महिला वा ५ जना पुरुषहरुले उत्मादनमूलक सामुहिक व्यवसाय गर्ने उत्साहप्रद योजना बनाएमा ऋण सुबिधामा विशेष सहुलियत प्रदान गरिने।
  • खातामा हुनुपर्ने न्यूनतम्रकम रु. ३,०००।– मात्र।
  • *८ शर्त ः बचत फिर्ता १३ औं महिनाको २५ गते, ब्याज सहित पाईने।



खुत्रुके बचत खाता

  • मंगल आरतीको कार्यक्षेत्रभित्र बसोबास भएका सदस्य वा निजको संरक्षकत्वमा बालबालिकाको नाउँमा पनि खुत्रुके बचत खाता संचालन गर्न सकिनेछ।
  • नियमानुसार फारम भरी पहिलो पटक कम्तीमा रु ५००/– बचत जम्मा गर्नुको साथै खुत्रुके बापत रु. १००/– (सहुलियत दरमा) बुझाएपछि खाता सुचारु हुने।
  • बचत रकम दैनिक किस्तामा वा मासिक रुपमा जम्मा गर्न सकिने । कम्तीमा १२ महिनासम्म नियमित बचत गर्नुपर्ने र पूरा ब्याज सहित १३ ओैं महिनापछि फिर्ता पाईने।
  • खातामा रु.१०००/– जम्मा हुना साथ बचत पासबुक उपलब्ध गराईने र दैनिक मोैज्दातमा १०% का दरले ब्याज गणना गरि ३/३ महिनामा जम्मा गरिदिने।
  • दैनिक किस्ताको जम्मा या मासिक रुपमा कम्तीमा रु.३०००/– वा सो भन्दा माथि जम्मा गर्ने सदस्य/बालबचतकर्तालाई जन्मदिनमा भाटभटेनी वा पापाजको केक प्रदान गरिने।
  • दैनिक किस्ता वा मासिक कम्तीमा रु.२०००/–वा २९९९/– सम्म वचत गर्ने सदस्यको जन्मदिनमा पनि बचत प्रोत्साहन स्वरुप स्थानीय उत्पादनको केक प्रदान गरिने।
  • दैनिक वा मासिक रुपमा नियमित बचत गर्ने बालबालिका बचतकर्ताहरु मध्येबाट आर्थिक अवस्था कमजोर रहेका कम्तिमा ५ जना सदस्यलाई वार्षिक छात्रवृत्तिमा सहभागी गराईने।
  • *८ शर्त: बचत फिर्ता १३ औं महिनाको २५ गते, ब्याज सहित पाईने।



कारोबार बचत खाता

  • व्यवसायी, व्यापारी वा पसल गर्नुहुने सदस्यहरुको लागि अत्यन्त उपयोगी। रु. २०० मा पनि सहजै खाता खोलिने। न्यूनतम्रु.५०००।– पुगेपछि चेकबुक र सहुलियत कार्ड पाईने।
  • दैनिक न्यूनतम्मोैज्दातमा १०% ब्याज गणना हुने। पहिलोपटकको लागि निःशूल्क क्यु आर कोड स्ट्याण्ड वा एम बैंकिङ उपलब्ध गराईने।
  • न्यूनतम्मोैज्दात माथि जति पनि रकम जम्मा गर्न र चेक मार्फत झिक्न÷भुक्तानी गर्न सकिने।
  • न्यूनतम्रु. ३०,०००।– देखिको कारोबारमा निःशुल्क एसएमएस सन्देश प्राप्त हुने।
  • रु. १,००,०००।– माथिको भुक्तानीको लागि सदस्यलाई अनिवार्य पूर्व जानकारी गराईने।


सरल बचत खाता

  • न्यूनतम्रु. २००/– जम्मा गरि खाता संचालन र कारोबार गर्न मिल्ने।
  • थोरै न्यूनतम्मौज्दात रु. ५००/– मात्र बाँकी राखी जति पनि रकम झिक्न र बचत गर्न मिल्ने सजिलो बचत योजना।
  • स्थानीय होटल तथा साना किराना व्यवसायीका लागि उपयुक्त वचत योजना।
  • दैनिक न्यूनतम्मोैज्दातमा ५% ब्याज पाईने।
  • रु. २०००/– जम्मा भएपछि चेकबुक लिन सकिने।


मंगल आरती बिमा बचत योजना (MABB)

  • सदस्यहरुको सुरक्षित वित्तिय भविष्यको लागि संस्था मार्फत गरिने कुनै पनि कम्पनीको नयाँ बिमा योजनामा आवद्ध हुन र वार्षिक प्रिमियमहरु तिर्नको लागि उपयुक्त बचत योजना।
  • आफ्नो बिमा प्रिमियम तिर्नुपर्ने समयमा आवश्यक रकमलाई दैनिक कम्तीमा रु. ५० वा मासिक कम्तीमा रु. १५००।– का दरले जम्मा गर्न सकिने।
  • रु. २००।– जम्मा गरी बिमा बचत योजनामा सहभागी हुन सकिने।
  • न्यूनतम्मौज्दात रु. १,०००।– मा १०% ब्याज पाईने। र रु २,०००।– जम्मा भएपछि चेकबुक लिन सकिने।
  • बिमा प्रयोजनको लागि ऐन नियमले तोके अनुसारको अधिकतम् उमेर समुहका सदस्यको नाउँमा मात्र सञ्चालन गरिने।


बाल शिक्षा बचत खाता

  • जन्म दर्ता भएको नानी÷बाबुको उज्ज्वल शैक्षिक भविष्यको लागि शुरु गरिएको शिक्षा बचत योजना।
  • १६ वर्ष मुनीका बालबालिकाको नाउँमा कम्तीमा ५ वर्षसम्म संचालन गर्न सकिने।
  • रु. ५००।– मा बचत शुरु गरी खाता संचालन गर्न सकिने।
  • न्यूनतम्मौज्दात १,०००।– मा १० देखि १३% सम्म ब्याज दिन सकिने।
  • विद्यालयको वार्षिक शुल्क, यूनिफर्म वा भर्ना शुल्क तिर्न वा उच्च शिक्षा प्रयोजनको लागि बढीमा २५ वर्ष हुन्जेल सम्म वा स्नातकोत्तर पूरा गरुन्जेलसम्म सुरक्षित बचत गरिरहन उपयुक्त।
  • वचतकर्ता अभिभावक स्वयंकै समझदारीमा कम्तीमा १ वर्ष र प्रत्येक ५ या १० वर्षमा बचत फिर्ता लिने शर्तमा दैनिक या मासिक बचत गर्दै जान सकिने।
  • कम्तीमा ५ वर्ष नियमित बचत गरिरहेका सदस्यहरु मध्ये प्रत्येक १०० जनामा न्यूनतम ३ जनालाई विशेष छात्रवृत्ति वापत वार्षिक बचत उत्साह प्रदान गरिने।


सामाजिक बचत खाता

  • सामुदायिक विद्यालय, गुठी, क्लब, टोल बिकास संस्था, उपभोक्ता समिति, महिला लघुबित्त समुहहरु, भजन तथा बाजागाजा लगायतका सांस्कृतिक समुह र सामाजिक संस्थाहरुको कारोबार सहज बनाउन शुरु गरिएको बचत योजना।
  • रु. ५००।– जम्मा गरि खाता सञ्चालन गर्ने बित्तिकै ब्याज गणना हुने।
  • खाता संचालक कम्तीमा २ जना हुनैपर्ने।
  • न्यूनतम् मौज्दात रु. १,०००।– बाँकी राखी दैनिक आवश्यक्ता अनुसार जति पनि रकम झिक्न र बचत गर्न सकिने।
  • सामुदायिक काम र सामुहिक सहयोगी भावनाले कार्य गर्ने समुहको सम्मान स्वरुप चल्ती खातामा ९% ब्याज उपलब्ध गराईने।


Features of Our Co-operative

  • To provide excellent services to our members.
  • We provide loans for productive manpower.
  • We provide installment facilities.
  • We provide different machine in low interest rate.
  • We are providing emergency cash receive services.
  • We have services to get payment from any part of the world.
  • we apply the pure co-operative principal.

readmore..

facebook likes